दुर्गा आचार्य
बर्दिया, पुस ८ । प्राय गरेर जन्मदिन होस् या अन्य व्यक्तिगत उत्सवमा मानिसहरुले फजुल खर्च गरि मनाउने गर्छन् ।
यस्ता उत्सवमा होटल होस् वा रेस्टुरेन्टमा गएर फजुल खर्च गरेर मनाउने प्रचलन बढिरहेको अवस्थामा अष्ट्रेलियामा वस्दै आएका एक ७ बर्षिय वालक अष्टिज भण्डारीले भने अनाथ वाल वालिकालाई न्यानो लुगा उपहार दिएर आफ्नो जन्मदिन मनाएका छन् ।
बारबर्दिया नगरपालिका—११ वेलभारमा रहेको असहाय वालवालिका संरक्षण केन्द्रमा वस्दै आएका २१ जना अनाथ वालवालिकालाई जाडोमा न्यानो लुगा उपहार दिई जन्म दिन मनाई उदाहणिय कार्य गरेका छन् ।
स्थायी घर काठमाण्डौ भई हाल अष्ट्रेलिया आफ्ना आमा बुवासंगै वस्दै आएका ७ बर्षिय अष्ट्रिजले आफ्नै ईच्छामा यसरी जन्म दिन मनाएका हुन् । बर्दिया बढैयाताल गाँउपालिकामा रहेकी अष्टिजकी माईजु मिना थापासंग समन्वय गरि अष्टिजकि आमा दिपाभण्डारीले जन्मदिन मनाईदिनका लागि आर्थिक सहयोग गरेकि हुन् ।
अनाथ वालवालिका विच केक काटेर जन्म दिन मनाउदा उनीहरु खुशी भएका छन् । ६ बर्ष पुराभई ७ बर्ष प्रवेश गर्दै गरेका अष्टिजले दुखि असहायहरुलाई सहयोग गरि जन्मदिन मनाउने ईच्छा गरेपछि उनकी माईजु मिना थापाले जन्मदिन मनाउनको लागि याहाका अनाथ वालवलिकासंग आएको वताएकि छिन् ।
फजुल खर्च नगरि आफ्नो जन्म दिनमा अष्टिजले वालवालिकाहरुलाई न्यानो लुगा उपहार दिई मनाएकोमा उदाहरणिय कार्यगरेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वताएका छन् । हेम एण्ड माया फाउण्डेसनको समन्वयमा जन्म दिन मनाईएको हो ।