रोकिएन बर्दियामा बाघ आतंक
आइतबार, पुष १२, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया, पुस १२ । बर्दियाका विभिन्न स्थानमा दुई महिना अगाडी ५ जाना मानिसलाई बाघले आक्रमण गरि मारेको घटना सेलाउन नपाउदै शुक्रबार राति ५ वटा घरपालुवा जनावरलाई आक्रमण गरि बाघले मारेको छ ।

राजापुर नगरपालिका–१० खैरिचन्दनपुर लालपुरमा बाघले आक्रमण गरी ४ वटा वयष्क गोरु र एउटा व्याउने गाई मारेको हो ।

राजापुर निवासि भुस्नु थारुको गोठमा वाँधेर राखेको अवस्थामा घरमै आई जोत्ने गोरु र गाई बाघले आक्रमण गरि मारे पछि स्थानीय त्रसित भएका छन् । पञ्जाको आधारमा जंगली पाटे बाघ भएको सामुदायीक वन समन्वय समिती राजापुरका सचीव नारायण बहादुर शाहिले बताए । पञ्जाको आधार र घटना प्रकृति हेर्दा ३ वटाको संख्यामा बाघ आएको हुन सक्ने सचीव शाहिको भनाई छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट जनएकता सामुदायीक वन हुदै बाघ वस्तीमा पुगेको शाहिले बताएका छन् । बाघले आक्रमण गरि एउटा गोरुलाई १ सय ५० मीटर टाढा लगरे खाएको स्थानीयले बताएका छन् ।

३ वटा गोरु र एउटा गाईलाई घाँटीमा आक्रमण गरि बाघले मारेको बताईएको छ । मध्यवर्ती क्षेत्रमा बाघको घटना भएका कारण पुरा विवरण निकुञ्जमा नआएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी गराएका छन् ।

वनबाट रिपोर्ट आएपछि क्षति पुर्तीको लागि अगाडी बढ्ने श्रेष्ठको भनाई छ । बाघले ७० हजार बराबरको क्षती पुर्याएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर