बर्दियाको राजापुरमा बाघ पल्कियो दुई दिनमा सात घरपालुवा जनावर मार्यो
आइतबार, पुष १२, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया, पुस १२ । बर्दियाको राजापुरमा दिनहु बाघले घरपालुवा जनावर मार्न थालेपछि राजापुरका स्थानीयहरु त्रसित भएका छन् ।

शुक्रवार राती ३ वजे राजापुर नगरपालिका–१० खैरीचन्दनपुर लालपुरका स्थानीय भुस्नु थारुको ५ वटा घरपालुवा जनावर मारेसंगै शनिवार सोहि क्षेत्रमा बाघले फेरी घरपालुवा जनावर आक्रमण गरि मारेको छ ।

राजापुरकै पहाडीपुरमा रहेको कृष्णा देवी श्रेष्ठको गोठमा आई बाघले आक्रमण गरि एउटा गाई र बाच्छि मारेपछि स्थानीय त्रसित भएका छन् । बाघले गाईको बाच्छिलाई लतारेर गेरुवा नदी पारी लगेको स्थानीयले बताएका छन् ।

यसरी दिनदिनै बाघ पल्किएर घर गोठमै बाँधेका चौपाया मार्न थालेपछि खैरीचन्दनपुर, लालपुर र पहाडीपुर क्षेत्रका वासिन्दा त्रसित हुदै गईरहेको सामुदायीक वन समन्वय समिती खैरीचन्दनपुरका सचीव नारायण बहादुर शाहिले बताएका छन् । गएको दुईदिन भित्र बाघले घरबाटै ७ वटा चौपाया मारेपछि त्यस क्षेत्रका स्थानीयले असुरक्षित महशुस गरिरहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर बाघले घरपालुवा जनावर माथि बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु श्रेष्ठले बताएका छन् ।

निकुञ्ज क्षेत्र भन्दा बाहिरको घटना भएकाले सरोकारवाला निकाएसंग समन्वय र सहयोग गरि समस्या समाधानका लागि बर्दिया राष्ट्रिय निकुञ्ज तत्पर रहेको श्रेष्ठको भनाई छ । वन कार्यालयको कार्य क्षेत्र भएकाले वनले सहयोग मागेमा बाघ नियन्त्रण र खोजीको लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली निकुञ्जले सहयोग गर्ने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर