लागु औषध कारोबारी सशस्त्र प्रहरीको फन्दामा
आइतबार, पुष १२, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, पुस १२ / लागु औषध कारोबारी एक युवक सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. कण्ठपुरको फन्दामा परेका छन् ।

बि.ओ.पी. कण्ठपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी गस्ति टोलीले बढैयाताल–५ का बर्ष २२ वर्षिय सुदिप कुमार थारुलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

भारतको लौकाहीबाट नाईट्रभेट नामक लागु औषध ३ सय थान ट्यापलेट ल्याउदै गरेको अवस्थामा थारुलाई बढैयाताल –८ पाण्डे ईट्टा भट्टा नजिककैबाट उनलाई नियन्त्रणमा लिएको बि.ओ.पी .कण्ठपुरले जनाएको छ ।

शुत्रवार राति साढे ९ बजेको समयमा पक्राउ परेका थारुलाई थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाईएको बि.ओ.पी. कण्ठपुरका प्रमुख बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर