दिनदिनै गुलरियामा छुट्टा छुट्टै प्रर्दशन
सोमबार, पुष १३, २०७७ मा प्रकाशित
शुक्रवार माधव कुमार नेपाल र पुष्प कमल दाहाल पक्षधर नेकपा नेता तथा कार्यकर्ताले प्रर्दशन गरेपछि शनिवार जसपाको जुलुश सरकार विरुद्धमा निस्कियो भने आईतवार राप्रपाकि केन्द्रिय सदस्य गिता वस्नेत र अध्यक्ष भिम बहादुर वोहोरा नेतृत्वमा निस्केको जुलुशमा राजा आउँ देश बचाउँको नारा घन्कियो र राप्रपाका नेताले असैबैधानिक कदम र वेथिति विरुद्धमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए ।
राजाआउँ देश बचाउँ नारा घन्कियो
बर्दिया, पुस १३ (फकरसमचार) राप्रपा पार्टीको नेतृत्वमा निस्केको जुलुशमा राजा आउँ देश बचाउँ भन्ने नारा गुलरिया घन्कियो ।

राप्रपाका नेतृत्वमा सहभागी जुलुशमा राजा आउँ देश बचाउँ नारालाई प्रमुख प्राथामिकता दिईएको थियो । जुलुशले गुलरिया नगरपालिका परिक्रमा गर्ने क्रममा असैबिधानिक कदम , भष्टाचार र वेथिति नियन्त्रण गर्नु पर्ने भन्दै उनीहरुले नारा बाजी गरेका थिए ।

भष्टाचार नियन्त्रण गर्नु पर्ने उल्लेख गर्दे केन्द्रिय सदस्य नेतृ गिता बस्नेत र अध्यक्ष भिम बोहोराले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीकि केन्द्रिय सदस्य गिता बस्नेत, अध्यक्ष भिम वोहोरा लगायत सहभागी जुलुशले गुलरिया बागेश्वरी टोल परिक्रमा गर्दै विरोध सभामा परिणत भएको थियो ।

पछिल्लो समय वेथिति बढेको भन्दै विरोध सभालाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्यले बस्नेतले आफ्नो धारणा राखेकि थिईन । यस्तै,पार्टी अध्यक्ष बोहोराको नेतृत्वमा निस्केको जुलुश विरोध सभा परिणत भएको सभालाई सम्बोध गर्दै बिरोध सभा समापन भएको घोषण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर