आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
बुधबार, चैत २५, २०७७ मा प्रकाशित

चैत २५,(फरक समाचार)/ प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।

आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ। अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर