चोर बाटो हुँदै नेपाली किशोरी खाडी मुलुक
शुक्रबार, चैत २७, २०७७ मा प्रकाशित

बर्दिया,चैत २६

चैत १२ गते भारत तर्फ जाने क्रममा सशस्त्र प्रहरीले एक जना महिलालाई उद्धार गरेको छ । सीमा कट्नै लागेको बेला शंकास्पद देखिएपछि सोधपुछ गर्दा महिलालाई भारत तर्फ लैजान लागेको खुलेको हो । अबैध नाका हुँदै भारत पस्ने र त्यहि बाट हराउने क्रम बढेको छ । सीमाबाट उद्धार गरिएकि कैलाली घरभएकी युवती माईती नेपालको जिम्मा लगाएको सशस्त्र प्रहरीका एसपि नर बहादुर रावतले जानकारी दिए । सीमामा खटिने प्रहरीले शंकास्पद अवस्था भेटिने जो कोहिलाई आवागमा गर्न कडाई गरेको छ ।

अघिल्लो वर्ष तीन जना गोरखाका किशोरीलाई प्रहरीको सहयोगमा साना हातहरु नामक संस्थाले भारतको सीमाबाट उद्धार ग¥र्यो । भुकम्प प्रभावित क्षेत्रका १७ देखि १९ बर्षको हाराहारी उमेरका तीन किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर भारतमा लैजान थालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । दुई साता अघि भारत जान थालेको दुई जना किशोरीलाई उद्धार गरेर आफन्तको जिम्मा लगायो । ३१ नम्बर सशस्त्र प्रहरीको गणबाट खटिएको टोलीले सोधपुछ गर्दा एक जना पुरुष नियन्त्रणमा लिएर दुई जना महिलालाई आफन्तको जिम्मा लगाएको हो ।

रोजगारीको प्रलोभनमा पारेर युवतिलाई भारततर्फ लैजाने क्रममा युवतिलाई उद्धार गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार नेपाली भाषा समेत उच्चारण गर्न नजान्ने किशोरीलाई भारतमा रोजगारीका लागी लैजान थालेका थिए । नेपाली समेत बोल्न नसक्ने तीन किशोरी बर्दियाको बलईगाउँ हुदै भारतजाने क्रममा प्रहरीको गोप्य सूचनाका आधारमा प्रहरीले उद्धार गरेको हो । उद्धार गरिएका किशोरीलाई प्रहरीले आफन्तलाई बुझाएको थियो ।
रोजगारीको प्रलोभन देखाएर भारत तर्फ लैजान लागेको आरोपमा स्थानीय दम्पतिलाई प्रहरीले मानव बेचविखन र ओसारपसारको आरोपमा मुद्धा दर्ता गरि म्याद थप गरेको छ । पछिल्लो समय बिभिन्न प्रलोभनमा पारेर भारत लैजाने गिरोहका बिरुद्धमा प्रहरी सर्च अप्रेशन सुरु गरिएको छ ।

मैनापोखरका महेश श्रेष्ठ र साबित्रा थारुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिका लागि प्रक्रिया अघि बढाएको छ भने किशोरीलाई भारत लैजानमा संलग्न अर्का आरोपी दुर्गा बिक फरार छन् ।
सोहि वर्ष प्रहरीले पटक पटक गरी सानोश्रीबाट ९ जना महिलालाई प्रहरीले उद्धार गरिसकेको छ । उद्धार गरिएका ९ जना महिलालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

सोझा साझा युवतीलाई भारतमा रोजगारी दिने बहानामा अबैध नाका हुँदै मानव बेचबिखन गर्ने गिरोह सक्रिय रहेको पाईएको सीमावर्ती क्षेत्रमा खटिएका एक प्रहरी अधिकृतले बताए । ‘ रोजगारी लगाईदिने जस्ता बिभिन्न बहानामा भारततर्फ लैजाने महिला सहितको गिरोह सक्रिय छ’उनले भने,‘मानव बेचबिखनका बारेमा सीमावर्ती क्षेत्रमा चहल पहल नहुने हुँदा नाका गिरोहले गतिबिधि गरिरहेका छन् ।’
प्रहरीको रणनितिक योजनामा किशोरी, युवति र महिला बेच्ने दलाल फस्ने गरेको प्रहरीको भनाई छ । बर्दियाका अबैध सीमाक्षेत्रबाट पूर्वि पहाडका महिलालाई सीमावर्ती हुदै भारत लैजाने गरेको भेटिएको हो ।
सीमामा हेल्थ डेस्क नहुनु र यहाँ स्थित महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाले सीमामा गतिबिधि नगर्दा महिला बेचबिखनका गिरोहले अवैध नाकाको प्रयोग गर्ने गरेका छन् ।

जिल्लामा दुईवटा नाका मात्र बैध छन् । गुलरिया र राजापुरबाट मात्र सर्वसाधारण भारत–नेपाल आवागमन गर्न सकिने गरी सरकारले बैधता दिएको छ । तर,८२ किलोमिटर खुला सीमा छ ।

सीमा वस्तीमा युवा र बाल समुह गठन गरेर महिला बेचबिखनको बारेमा सर्वसाधारणलाई सचेतना दिएर सक्रिय बनाईनु पर्ने महिला अधिकारकर्मी संस्थाको भनाई छ । ‘संबेदनशिल ठाउँमा समुहबाट सचेतना र सुचना संकलन भईरहेको छ, सजगताको कारण प्रतिफल मिलिरहेको छ ’एक संस्थाकि प्रतिनिधिले भनिन् । अबैध नाका हुदै भारत लैजाने गिरोह बिरुद्धमा साथीसंस्था, पौरखी, ओरेक र माईती नेपालले पनि सुचना संकलन गरी अवैध गतिबिधि रोक्न सक्रिय देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर