प्रजिअको प्रत्यक्ष बाघ अवलोकनको अनुभव
सोमबार, चैत ३०, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, चैत ३०

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार आइतबार बिहान पौने छ बजेको समयमा खबर पाउँछन् । प्रजिअ र सशस्त्र प्रहरीका एसपी नर बहादुर रावत गाडीमा कुदेर सो स्थलमा पुग्छन् । सो ठाउँमा पुग्दा बाघ र बघीनी प्रजनन्को लागि बाटोमा मिटिङ गरिरहेको देख्छन् । मधुवन नगरपालिका–३ भगरैया जाने बाटोमा बाघ र बघीनी रमाईरहेको गतिविधी एक घण्टा चल्छ । बाघ र बघीनी प्रजनन मिटिङको गतिविधी ६ बजेर १५ मिनेट देखि ७ बजेर १५ मिनेटसम्म चलेको प्रजिअ सुनारले सुनाए । बाघ र बघीनीको प्रजननको मिटिङमा डिस्टब गर्न मयुर आईपुग्छ । बाघ र बघीनी अत्यन्तै लजालु स्वभावका हुदो रहेछन् । हामी लुकेर हेरिरहेको देखेर बाघ र बघीनी लजाएको जस्तो देखियो ।

हामीलाई देखेर बाघले बघीनीलाई जंगल तर्फ लैजान खोज्यो । बघीनी भने पुर्व तर्फ भाग्न खोजेको देखियो । बाघले भने बघीनीलाई अगाडिबाट घेरेको देखिएको प्रजिअले बताए । तीन दिन देखि सो क्षेत्रमा बघीनी कराएकोे स्थानीयले बताएका छन् । जसले गर्दा बघीनी यही क्षेत्रको हुनसक्ने प्रजिअले दावी गरे । ठुलो अजङको बाघ बघीनी कराएको आवाज सुनेर सो क्षेत्रमा आएको अनुमान प्रजिअले गरे । प्रजननको लागि मिटिङ गर्ने सिजन रहेकोले बाघ र बघीनीको गतिविधी देखिएको स्थानीयले बताउँछन् । गाउँवस्ती देखि नजिक नै बाघ र बघीनी देखिएकाले यहाँका मानिसहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको प्रजिअले बताए । यस क्षेत्रमा बाघको आवागमन दिनप्रतिदिन बढ्दै गएकोले बाघ र स्थानीयको सुरक्षा एक चुनौती रहेको बताए । बाघ र स्थानीयवासी बिचको द्वन्द नियन्त्रणको लागि

सम्बन्धित निकायसंग समन्वय गरिरहेको पनि बताए । खाता करिडोर क्षेत्रमा पैदल यात्रा नगर्न सुरक्षा निकायले स्थानीयलाई अनुरोध गरेको छ । खाता करिडोर क्षेत्रबाट अघिल्लो साता निकुञ्जले बाघ नियन्त्रणमा लिएको थियो । सो क्षेत्रबाट नियन्त्रणमा लिईएको बाघ बाँके राष्ट्रिय

निकुञ्जको खोरबाट भागेको छ । खाता करिडोर क्षेत्रमा बाघ आक्रमणबाट ५ जनाको मृत्यु भएको छ । निकुञ्ज मध्यवर्ती क्षेत्रमा २ जनाको मृत्यु भएको छ भने निकुञ्जमा ३ जनाको मृत्यु भएको छ । त्यसैगरी गेरुवा गाउँपालिकाबाट नियन्त्रणमा लिएको बाघलाई नेपाली सेनाको रम्भापुर पोष्टको खोरमा राखिएको छ । यस वर्ष निकुञ्जले ४ वटा बाघ नियन्त्रणमा लिएको छ । त्यसैगरी यस वर्ष बाघको आक्रमणबाट १० जनाको मृत्यु भईसकेको छ । सुरक्षाको लागि मधुवन नगरपालिकाको भगरैयामा सशस्त्र प्रहरीको बिओपीको स्थापना गरिएको छ । सशस्त्र प्रहरीका अनुसार सो क्षेत्रमा दिनहुँ बाघको आवागमन हुने गरेको देखिन्छ । यो क्षेत्र बाघको क्रिडास्थल बनेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर