हाडजोर्नीमा चर्चित  सेल्भिले नेपालमा सेवा  विस्तार गर्दै
आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

काठमाडौ, फागुन ११ : हाडजोर्नी सम्बन्धि चर्चित भारतकाे कृष्णा सेल्भि अस्पतालले नेपालमा पनि आफ्नो सेवा विस्तार गर्ने लागेको जनाएको छ । २५ ओै बर्ष पुगेको अवसर पारेर नेपालमा पनि सेवा सुरु गर्न थालेको अस्पतालले जनाएको हाे । हाडजोर्नी अप्रेसनमा अहिलेसम्म शून्य पनि असफल नभएको भन्दै चर्चा कमाएको उक्त अस्पतालले चाडै नेपालमा सेवा विस्तार गर्न लागेको हाे ।

सराेकारवाला पक्ष सग छलफल गर्न नेपाल पुगेकाे सेल्भिकाे टाेलिले नेपाली जनताको समस्या मध्यनजर गर्दै नेपाल बाटै हाडजोर्नी सम्बन्धि सुविधा दिन प्रक्रिया थालेको बताएको छ । विश्वका ३० देशमा सञ्जाल विस्तार गरेको उक्त अस्पतालले एक लाख वटा सफल अप्रेसन गरेको समेत बताएको छ । नेपालमा उपलब्ध नभएको हाडजोर्नी सम्बन्धि आधुनिक सेवा विस्तार हुने अस्पतालकाे दावि छ।

सेल्भि अस्पतालका डाइरेक्टर भरत गेजरले हाडजोर्नी अप्रेसन गरेको तीन देखि चार घण्टामा मान्छे हिड्न सक्ने आधुनिक अप्रेसन हुने बताए । ‘हामी आधुनिक प्रविधि प्रयाेग गरेर भाचिएकाे जस्तोसुकै हड्डी पनि जाेडिन्छ। हामीले अरुकाे केही पनि प्रयाेग गर्दैनौं सबै हाम्रै प्रविधि हाे ।’ डाइरेक्टर गेजरले भने ।

सेल्भिकाे सेवा विस्तारमा एक्सपाेलर हेल्थकेयर नेपालले सहकार्य गर्ने बताइएको छ । मेडिकल पर्यटन, मेडिकल शिक्षा र मेडिकल तालिम आदि विषयमा नेपालमा काम गर्दै आएकाे उक्त एक्सपाेलर हेल्थकेयर कम्पनीका डाइरेक्टर कृष्ण पाण्डेले चाडै सेवा विस्तार हुने बताए । पाण्डेका अनुसार सेल्भि अस्पताल नेपालमा आउनु भनेको मेडिकल पर्यटनको लागि पनि महत्त्वपूर्ण सहयोग हुने बताए।

पाण्डेका अनुसार सेल्भिले नेपालका विभिन्न अस्पताल सग सहकार्य गरेर सेवा दिने छ । नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लाई तालिमका साथै अस्पतालहरुकाे क्षमता विकास गर्न पनि सहयोग गर्ने सेल्भिले लक्ष्य लिएको छ ।पत्रकारहरु सग कुरा गर्दै अस्पतालका सिनियर डाक्टर कल्पेश साहले सेल्भिका सेवा विश्वभर विस्तार गर्दै लैजाने बताए ।

हाम्रो अस्पताल विश्वमै नमुना हाे,हामी दावि गर्छाै हाम्रो अप्रेसन अहिलेसम्म एउटा पनि फेल भएको छैन । विश्वभर हाडजोर्नी अप्रेशनमा सेल्भिकाे चर्चा प्रमुख स्थानमा रहेको डाक्टरहरुले बताए ।नेपालमै याे अस्पतालले सेवा विस्तार गरेमा भारत जाने खर्च बच्ने,भाषाकाे समस्या तथा ठगिन बाट जागिने जस्ता फाइदा हुने सराेकारवालाहरु बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर