बर्दिया, पुस १६ (फरकसमाचार) / लिग चरणको पहिलो खेलको छैठौं दिनको खेलमा कृष्णसार युवा स्पोर्टस क्लव गुलरिया र मयुर युवा क्लव बढैयाताल बिजयी भएका छन् ।
बिहीबार भएको पहिलो खेलमा सोल्टी ११ राजापुर र कृष्णसार युवा स्पोर्टस् क्लव गुलरिया बिच खेल भएको हो । कृष्णसार युवा स्पोर्टस क्लवले १ का बिरुद्ध ५ गोल गर्दै फराकिलो ४ गोलको अन्तरले बिजयी भएको छ । त्यस्तै दोस्रो खेल मयुर युवा क्लव बढैयाताल र हिमालय युवा स्पोर्टस क्लव बारबर्दिया बिच भएको थियो । मयुर युवा क्लवका तर्फबाट खेलको अन्तिम समयमा असिस ओलीले १ गोल गर्दै अग्रता दिलाएका थिए । यो गोलले मयुर युवा क्लव बिजयी भएको संचारकर्मी दलबहादुर सुनारले जानकारी दिए ।
जिल्ला फुटबल संघमा आबद्ध जिल्लाका १२ वटा क्लबले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्ला फुटबल लिग प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५५ हजार र दोस्रो हुने टिमलाई रु ३० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिता पुस १० गतेदेखि सुरु भई पुस २४ गतेसम्म चल्नेछ । बढैयाताल गाउँपालिका–८ स्थित मयुर बस्ती युवा क्लवको खेल मैदानमा भईरहेको छ ।