आठौं दिनको खेलमा माछापुच्छे्र र जय दुर्गा भवानी युवा क्लव विजयी
आइतबार, पुष १८, २०७८ मा प्रकाशित

बर्दिया,पुस १८(फरकसमाचार) / लिग चरणको आठौं दिनको खेलमा माछापुच्छे्र युवा क्लव र जय दुर्गा भवानी युवा क्लव तुलसिपुर बिजयी भएका छन् । शनिबार भएको पहिलो खेल सोल्टि ११ युवा क्लव र माछापुच्छे्र युवा क्लव बिच भएको हो । माछापुच्छे्र युवा क्लव सुन्यका बिरुद्ध २ गोल गर्दै बिजयी भएको छ । माछापुच्छे्र युवा क्लवका तर्फबाट अभिनास थापा र मिलन थारुले १/१ गोल गरेका गोल गरेका थिए ।

त्यस्तै शनिबार भएको दोस्रो खेल जय दुर्गा भवानी युवा क्लव र हिमालय युथ क्लव बिच भएको थियो । जय दुर्गा भवानी युवा क्लवले शून्यका विरुद्ध ६ गोल गर्दै भारी गोल अन्तरले बिजयी भएको छ ।

जय दुर्गा भवानी युवा क्लवका तर्फबाट बिजय क्षेत्रिले ह्याट्रिक गरे भने मदन बिकले २ गोल र सन्तोष सोनीले १ गोल गरे गरेको मयुर युवा क्लवका सदस्य विवेश गुरुङले जानकारी दिए ।

प्रतियोगिता पुस १० गतेदेखि सुरु भई पुस २४ गतेसम्म लिग चरणको खेल हुनेछ । पुस २५ गते सेमि फाइनल र पुस २६ गते फाईनल खेल हुने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल संघमा आबद्ध जिल्लाका १२ वटा क्लबले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्ला फुटबल लिग प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५५ हजार र दोस्रो हुने टिमलाई रु ३० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ । बढैयाताल गाउँपालिका–८ स्थित मयुर बस्ती युवा क्लवको खेल मैदानमा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर