दिपक संगम विश्वकर्मा
कैलाली, असार २३ / विकास गर्नु छ भने सपना देख्नु पर्छ, सपना न देख्ने नेताले विकाश गर्न सक्दैन सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले बताएका छन् । टीकापुर वीरेन्द्र बिद्या मन्दिर क्याम्पसमा नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री रावलले बुधबार यस्तो बताएका हुन् । सामाजिक विकास मन्त्रालयको सहयोगमा बनेका ब्लक सी, डी र वी मन्त्री रावलको पूर्वाधार विकास कार्यक्रम अन्र्तगत क्याम्पसका भवन निर्माण भएका छन् । हाल यस क्याम्पसमा दुई हजार १ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा नवर्निमित भौतिक संरचनाले अध्यापनमा सहज हुने विश्वास लिईएको छ ।
टीकापुरलाई शैक्षिक नगरगरि बनाउनको लागी सबैको साथ सहयोगको खाँचो परेको मन्त्री रावलले बताए । देश बनाउन, समाज परिवर्तन गर्न, सद्भाव समुन्नत समावेश विकाश गर्न, अन्धकारबाट उज्यालोको ज्योेति छर्नु छ भने सर्वप्रथम शैक्षिक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको छ । टीकापुरमा सबै जातजाति मानिसहरू बसोबास गर्छन् । सबै जना मिली यहाँको विकासमा सहयोग गर्नु आवश्यक छ । एउटा सानो विकाश गर्न पनि धेरै ठूलो संघर्ष गर्नु पर्ने अवस्था रहेको छ ।
‘सकारात्मक कुरामा, समाज विकासमा, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, खानेपानी क्षेत्रमा प्रदेश सरकारले जति पनि बजेट दिन तयार छ ’ मन्त्री रावलले भने, ‘हामी निरन्तर रूपमा काम गर्दै जानू पर्छ नकारात्मक कुरामा भ्रम सिर्जना गर्नु हुदैन ।’ सबैले हातेमालो गरी यस क्षेत्रलाई सुन्दर नगरि बनाउन मन्त्री रावलले पटक पटक दोहो¥याए । ‘सबै एक जुट भयौ भने टीकापुरको विकाश गर्न कसैले रोक्न सक्दैन, विकाश गर्न सपना देख्नु पर्छ सपना नदेख्ने मान्छेले समाजको कहिदै विकाश गर्न सक्दैन’ मन्त्री रावलले भने । पहिला यस क्षेत्रको शैक्षिक स्तर अत्यन्तै न्युन थियोे । अहिले माथि उठेको छ । यस क्षेत्रको शैक्षिक स्तरले अहिले धनगढी र नेपालगन्जसंग प्रतिस्प्रर्धा गरेको मन्त्री रावलले तर्क राखे । स्थानीय तह र सबै राजनीतिक दल एकजुट भए टीकापुरमा प्रदेश सरकारबाट स्थापना हुने प्राविधिक विश्वविद्यालयको संम्भावना रहेको मन्त्री रावलले सुनाए ।
मन्त्री रावलले सन्कट्टीमा पुल र टीकापुर एयरपोर्ट बनाउन ढिलो भैसकेको धारणा व्यक्त गरे । ‘एयरपोर्ट सञ्चालनमा नआउदा मान्छे विरामी हँुदा नेपालगन्ज तथा काठमाडौ लैजादै गर्दा बाटोमा निधन हुने गर्छ’ मन्त्री रावलले भने,‘एयरपोर्ट सञ्चालनमा आयो भने धेरै नागरिकको ज्यान बचाउन सक्छौ ।’ यसको लागी स्थानीय सरकार, प्रदेश सरकार मिलेर अघि बढ्नु पर्ने भनाई मन्त्री रावलको छ । टीकापुरलाई अहिले जुन बाहिरी दृष्टि कोणले हेर्ने गरेका छन् त्यो भ्रमलाई हामीले चिर्नु पर्ने र विकासका निम्ति भित्री आत्मा देखि छिर्नु पर्ने मन्त्री रावले सुझाए ।
कार्यक्रमका विशिष्ट अतिथि प्राध्यापक डाक्टर जगत बहादुर सिंह रावलले शैक्षिक संस्थामा गरेको लगानी सम्पूर्ण टीकापुरको विकास भएको संज्ञा दिदै भवन बनिसकेपछि शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिए ।
नेपाली काँगे्रसका नेता भुवनेश्वर अधिकारीले जुनसुकै ठाउँको विकास गर्न त्यस क्षेत्रको नेता पनि बलियो हुनु पर्ने बताए ।
एकीकृत समाजवादीका नेता भीमराम चपाईले बीरेन्द्र विद्या मन्दिर टीकापुरको पर्यायवाची जस्तै भएकाले यसको विकास हुनु सुखद रहेको बताए ।
क्याम्पस व्यवस्थापन समितिका वरिष्ठ सदस्य जगदिश्वर पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख हर्क बहादुर भण्डारीले गरेका थिए भने स्वागत कीर्तिसिंह बमले गरेका थिए । नवर्निमित भवन उद्घाटन कार्यक्रममा जनता समाजवादी पाटीका नेता हरी तिमिल्सेना, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारी, नागरिक अगुवा, यज्ञमूर्ति अर्याल, खडग मेमोरियल माविका प्राधानाध्यापक हिरण्य प्रसाद शर्मा, ओम शान्ति ब्रम्ह कुमारीका सीता तिमिल्सिना, सामुदायिक रेडियो टीकापुर एफएमका स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिना लगायतले क्याम्पसको पूर्वाधार विकासमा सहयोग गरेको भन्दै डाक्टर रावललगायतका नेताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।