बिहिबार, जेठ १८, २०८०
मा प्रकाशित
1745
Shares
नयाँदिल्ली, जेठ १८ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने बताएका छन्।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँग हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने बताएका हुन्।
उनले नेपाल र भारतको सीमा समस्या समाधान हुने बताए पनि कसरी र कहिले सीमा हुने भन्ने स्पष्ट पारेनन्। त्यस्तै मोदीले दुई देशको सम्बन्ध हिमालय जतिकै उचाईमा रहेको पनि बताए।नागरिकन्युजबाट साभार