रुकुमपूर्व अदालतमा सम्बन्धविच्छेद मुद्दा धेरै
बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित

रुकुमपूर्व, फागुन १५ : यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र तीमध्ये ३३  फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिए  ।

उनका अनुृसार लागुऔषध चरेसका चार, अफिम र लेनदेनका दुईदुई, जबर्जस्ती करणीका चार, जबर्जस्ती करणी उद्योगमा एक, डाकाचोरीका तीन, हातहतियार खरखजना, सवारी ज्यान, करार बदर र जग्गा किचलोका एक÷एक मुद्दा दर्ता भएका छन् ।

यस आर्थिक वर्षमा मात्र अदालतमा ८० नयाँ मुद्दा दर्ता भएको र १८ मुद्दा गत वर्षका जिम्मेवारी सरेर आएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवटले अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदको समस्या धेरै आएकोे जानकारी दिए  । बुधबार आयोजित पत्रकार भेटमा उनले वैदेशिक रोजगार, मदिरा सेवन, शारिरीक, मानसिक र समाजिक तनाव तथा कुटपिट सम्बन्धविच्छेदका मुख्य कारण रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर