हिन्दु र मुश्लिम गुरुको सहभागितामा शहिदलाई सलामी
बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक ०१/ जिल्ला प्रहरी कार्यालयले परम्परागत शैलिलाई निरन्तरता दिँदै नयाँ शैलिबाट अमर शहिदलाई सलामी अर्पण गरेको छ । ६९आंै प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा हिन्दु गुरुलाई जस्तै समान दिर्घामा राखेर मुश्लिम गुरुलाई ‘अमर शहिद सलामी अर्पण’ कार्यक्रममा सहभागि गराईएको छ ।

हिन्दु गुरुलाई जस्तै समान दिर्घामा राखेर आयोजित कार्यक्रममा शहिद सलामी अर्पण गरिएको नयाँ शैलिको चर्चा भईरहेको छ । यसअघि उक्त कार्यक्रममा हिन्दु गुरुहरुले स्वतिवाचन गरेपछि शहिद सालामी अर्पण कार्यक्रम औपचारिक अघि बढ्ने गरेको थियो ।

पहिलो पटक प्रहरी दिवसको अवसरमा हिन्दु र मुश्लिम समुदायका गुरुहरु लाई बराबरीको स्थान दिँदा दर्शक दिर्घामा रहेका अचम्भित भए । हिन्दु धर्मको शास्त्र अनुसार गरिने प्रहरी दिवसमा मुश्लिम गुरुलाई बोलाएर संस्कार शहिदलाई सालामी दिनु संस्कार बिपरीत गरिएको हो कि भन्नेमा केहिको मत देखिएको छ । यस्तै, नेपाल सरकारबाट आयोजना हुने यस्ता कार्यक्रममा उपलब्ध सबै समुदायका गुरुहरुको सहभागितामा गरिँदा सकारात्क सन्देश जाने बताए ।

हिन्दु गुरुहरुले वाचन गर्ने स्वस्ति पूजामा मुश्लिम समुदायको गुरुहरुको संयूक्त वाचन पछि ‘अमर शहिद सलामी अर्पण’ कार्यक्रमले औपचारिकता पाएको दृश्य सामाजिक संजालमा भाईरल बन्दै गरेको छ । पश्चिम नेपालमा बिभिन्न समयमा अज्ञानता विच हिन्दु र मुश्लिम विचको सदभाव भड्किने भएकाले जसले गर्दा संयूक्त रुपमा धार्मीक सहिष्णुता कायम गर्नेे प्रतिक्रयामा उल्लेख गरेको पाईएको छ ।

शहिद सलामी अर्पण कार्यक्रममा हिन्दु गुरुहरुले स्वतिक वाचन गरे भने मुश्लिम समुदायका गुरु मौलविले कुरान सरिफको सूरा वाचन गरेर कार्यक्रम औपचारिकतामा प्रबेश गरेको हो । दुबै समुदायका गुरु एक ठाउँमा उभिएर गरिएको वाचन पछि मात्र वर्दीधारी प्रहरीले शहिदलाई माला अर्पण गरी शहिदलाई सलामी दिएका थिए ।

प्रहरी दिवसको अवसरमा ‘अमर शहिद सलामी अर्पण’ कार्यक्रम हिन्दु र मुश्लिम गुरुले संयूक्त वाचन पछि सलामी अर्पण गरिएको एसपि केदार खनालले बताए । ‘सामाजिक सद्भाव कायम हुनु पर्छ भन्ने हो’उनले भने,‘दुई समुदायका गुरु भेटिएपनि जिल्लामा बौदिष्ट गुरु नहुदा अलि खल्लो भयो ।’

यसअघि आफु गोर्खा जिल्लामा कमान्डरको जिम्मेवारी सम्हाल्दा समेत तीन समुदायका गुरुको संयूक्त वाचन पछि ‘अमर शहिद सलामी अर्पण’कार्यक्रमलाई औपाचारिकता दिएको एसपि खनालले सुनाए । प्रहरी दिवसको अवसमा बिभिन्न बिधामा उत्कृष्ट प्रहरी कर्मचारीलाई समन्वय प्रमुख सुर्य बिष्ट र प्रजिअ रुद्रादेवि शर्माले प्रमाण पत्र दिएका थिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय