ढिलासुस्ती गर्ने पाँच निर्माण कम्पनीलाई कालोसूचि राख्ने तयारी
सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित

बर्दिया,कात्तिक ५ (फरकसमाचार)/ विकासको जिम्मा पाएका पाँच निर्माण कम्पनीलाई बढैयाताल गाउँपालिकाले कालो सूचिमा राख्ने चेतावनी सहित सचेत गराएको छ । पटक पटक म्याद थप गरेर निर्माण कार्य गर्न सूचना जारी गर्दा समेत विकासको जिम्माको काम पाएका तर वेवास्ता गरिरहेका त्यस्ता निर्माण कम्पनीलाई कालो सूचिमा राख्ने तयारी गरेको हो । कात्तिक २ गते बढैयातालले जारी गरेको सूचनामा ३० दिन भित्र काम गर्न तदारुकता नदेखाए ऐन बमोजिम कालो सूचिमा राख्ने भएको छ ।

प्रेम निर्माण सेवाले जिम्मा पाएको शिव चोक देखि पडरिया हुदै रानिपुर सम्म सडक स्तरोन्नति र सतपतिया देखि राधाकृष्ण चोक र भवानी स्कुल हुदै तमौलिपुर सम्म स्तरोन्नति सम्म काम अलपत्र अवस्थामा छ । उक्त निर्माण प्रमुख महेन्द्र गिरी रहेपनि सेयर सदस्य मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट रहेको खुलेको छ ।

उक्त कम्पनी यस अघि प्रेम निर्माण सेवा कम्पनीलाई बारबर्दिया नगरपालिकाले कालो सूचिमा राखि सकेको छ । बढैयाताल गाउँपालिका सम्झौता भएको प्रेम निर्माण सेवाले कार्यालयले पटक पटक लिखित वा मौखिक रुपमा जानकारी गराउँदा समेत वेवास्ता गर्दै आएको जारी सूचनामा उल्लेख गरेको छ ।

पडरिया देखि राजापुर सम्म सडक स्तरोन्नति सदाशिब कन्स्ट्रक्सन, बारबर्दियाले जिम्मा पाएको छ । उक्त कम्पनीले समेत कार्यालयले पटक पटक लिखित वा मौखिक जानकारी गराउँदा समेत वेवास्ता गर्दै आईरहेको छ । सम्झौताको म्याद घर्केको जय बागेश्वरी जेभिले अक्सफाल्ड सडक पनि हो । तेस्रो पटक म्याद सक्दा पनि शिब चोक देखि मदन चोक सम्म असफाल्ट कालोपत्रे हुन सकेको छैन ।

यस्तै, लामो समय देखि बढैयाताल गाउँपालिकासँग आरसिसि नाली निर्माणको कामको सम्झौता भएपनि काम हुन सकेको छैन । उद्योग बाणिज्य संघ नजिक नालि सहितको निर्माणको कामको जिम्मा आकृति निर्माण सेवा कोहलपुरले पाएको छ । उक्त सूचना बिभिन्न बहानामा आलटाल गर्ने त्यस्ता कम्पनीलाई ३० दिन भित्र कार्यालयमा सम्र्पकमा आएर काम सुरु नगरे कालो सूचनामा राखिने गरी कडाईका साथ पत्राचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर