दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक ६(फरकसमाचार)/ मधुवन नगरपालिका–४ बेलवा स्थित दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ९ का ५० वर्षिय तुल बहादुर गुरुङ्गको सोमबार साँझ मृत्यु भएको हो । हुलाकी सडक खण्डमा नेपालगंजबाट राजापुरतर्फ जाँदै गरेको लु १ क ८६२ नंम्बरको ट्रक र राजापुरबाट गुलरियातर्फ आउँदै गरेको भे ९ प २०४३ नंम्बरको मोटरसाइकल सोमबार करिब ४ बजे एक आपसमा टकराएका थिए ।

गुरुङ्गले चलाएको मोटरसाइकलमा दुई जना सवार थिए । दुवै जना घाईते भएका थिए । विएण्डबि अस्पताल सानोश्रीमा उपचारपछि थप उपचारको लागि गुरुङ्गलाई बर्दिया अस्पताल पु¥याईएको थियो । उपचारको क्रममा गरुङ्गलाई चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसैगरि मोटरसाइकलमा सवार सोही ठाउँका घाईते ४५ वर्षिय गोपी बस्नेत थप उपचारको लागि नर्सिङ्ग होममा रिफर गरिएको थियो ।

उपचारपछि घाईते बस्नेतको अवस्था सुधार भईरहेको जनाईएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विस्तृत रुपमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय