बर्दिया,कार्तिक ९(फरकसमाचार)/लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले कार्यभार सम्हाले लगत्तै स्वयमसेवक परिचालन कार्यविधि कार्यान्वय गर्ने पहिलो निर्णय गरेका छन् । मन्त्री तिमिल्सिनाले बिहीबार कार्यभार सम्हाले लगत्तै लुम्बिनी प्रदेशमा स्वयमसेवक परिचालन कार्यविधि कार्यान्वयन गर्ने निर्णय गरेका हुन् ।
यो कार्यविधिको लागि यस वर्ष रु एक करोड ५५ लाख ८२ हजार बजेट रहेको छ । विपन्न वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, मुक्त कमैया, अपाङ्गगता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिई स्वयमसेवक परिचालन कार्यविधि कार्यान्वय गर्न आवश्यक प्रक्रिया अघि बढाईएको छ ।
राष्ट्रिय स्वयमसेवक सेवा मार्फत लुम्बिनी प्रदेशमा स्वयमसेवक परिचालन तथा स्वयमसेवकको प्रवद्र्धन कार्यलाई प्रभावकारी रुपमा संचालन गरि स्वयमसेवकको माध्यमबाट राष्ट्रिय विकासमा योगदान पु¥याउन लुम्बिनी सरकारले कार्यविधि ल्याएको छ ।
राष्ट्रिय स्वयमसेवक सेवा अन्तर्गत स्वयमसेवक परिचालन गर्दा दक्ष व्यक्तिहरुलाई छोटो समयको रोजगारी दिने, विकास निर्माण वा सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्ने, गरिबी न्युनिकरण गर्ने लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने र समुदायस्तरबाटै स्वयमसेवी भावनाको प्रवद्र्धन गर्ने स्वयमसेवक परिचालन कार्यविधिको प्रमुख उदेश्य रहेको छ ।
राष्ट्रिय स्वयमसेवक सेवा अन्तर्गत स्वास्थ्य, सामुदायिक शिक्षा, बाल, जेष्ठ नागरिक संरक्षण तथा सामाजिक सुरक्षा, कृषि सेवा, पशु सेवा, वन जडिबुटि, वातावरण संरक्षण, प्राकृतिक प्रकोप तथा जोखिम प्राविधिक क्षेत्रहरु, उद्यमशीलताको विकास, इन्जिनियरिङ तथा अन्य प्राविधिक क्षेत्रहरु समेट्ने सामाजिक विकास मन्त्रालयले विश्वास लिएको छ ।