भरुवा बन्दुकसहित जंङ्गलबाट तीन पक्राउ
मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक १३(फरकसमाचार)/ भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–३ नेपाल भारत सिमाना नजिक कोठिया सामुदायिक जंङ्गलबाट आइतबार तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–१० नर्सरीका ६३ वर्षिय चन्द्र बहादुर भण्डारी, पहाडीपुरका ३८ वर्षिय शुकुमराज चौधरी र कर्मनीका ५६ वर्षिय श्याम कुमार गौतम रहेका छन् ।

उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, कार्टिज एक थान, टर्च एक र एउटा सादा मोबाईल फेला परेको प्रहरीले जनाएको छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर