युवाहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
बुधबार, साउन २९, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,असार २८/ युवाहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । २६औँ अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित लागु पदार्थ दुव्र्यसनी तथा नीतिका बारेमा युवाहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

प्लान ईन्टरनेशल नेपालको आर्थिक सहयोग गुलरिया नगरपालिका वड नं. ६ को समन्वय र सरयु युवा क्लबको आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम युवाहरुलाई सहभागी गराई व्यापक छलफल गरिएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी दीपक थापाले लागू पदार्थको प्रयोगबाट सवारी दुर्घटना र ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए । लागू औषधको प्रयोगबाट सवारी दुर्घटना हुन सक्ने र दुर्घटनाबाट तीन वटा अवस्था सिर्जना हुने ट्राफिक प्रहरी दीपक थापाले बताए ।

‘दुर्घटनाबाट मृत्यु, घाइते र क्षति गरी तीन वटा अवस्था सिर्जना हुन्छ,’उनले भने,‘गत आर्थिक वर्ष ०८१/०८२ मा बर्दियामा तीव्र गतिबाट ४ सय ५२, मा.प.से १३, यान्त्रिक गडबडी १, चौपाया ७, सवारी चालकको लापरवाहीबाट ९ गरी जम्मा ४ सय ८२ वटा दुर्घटना भएको छ ।’ ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार युवाहरुले गर्दा बढी दुर्घटना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर