बर्दिया,भाद्र ७(फरकसमाचार) / जनमत पार्टीको भातृ संगठन युवा जनमत संघको गुलरिया नगर अध्यक्षमा बृजेश राय र्निविरोध चयन भएका छन् । युवा अधिवेशनले शुक्रबार रायसहित २१ सदस्यीय र्निविरोध नगर समिति चयन भएको हो । उपाध्यक्षमा रुचि मुराउ, सुनिल राजपूत, गुलशन कुमार राजपूत र सचिवमा धमेन्द्र गोडिया चयन भएका छन् ।
सहसचिवमा नरेन्द्र यादव, कोषाध्यक्षमा लक्ष्मण यादव र १४ जना सदस्य चयन भएको जनमत पार्टीका जिल्ला प्रवक्ता राम दुलारे(विपिन) सोनकारले बताए । सदस्यमा मनोज गोडिया, भगौती यादव, शिव कुमार यादव, सुनिल गोडिया, समिर मुराउ, प्रवेश लोध, अर्जुन गुप्ता, अर्जुन यादव, हेमराज लोध, निरज कुमार लोध, दिवाकर यादव, रोहित लोध, आनन्द कुमार लोध र विश्वास यादव रहेका छन् ।
युवा जनमत संघका जिल्ला अध्यक्ष मनोज चौहानको अध्यक्षता तथा जनमत पार्टीका जिल्ला अध्यक्ष राजेश कुमार यादवको उपस्थितीमा २१ सदस्यीय नगर समिति चयन भएको छ ।