बर्दिया,भाद्र ७ / निजी विद्यालयद्वारा गुलरियामा विरोध प्रदर्शन गरिएको छ । प्याब्सन गुलरियाको नेतृत्वमा निजी विद्यालयले सडकमा बस उतारी शुक्रबार विरोध प्रदर्शन गरेका हुन् । गुलरिया नगरपालिका अन्तर्गत रहेका १२ निजी स्कूलका १९ बस विरोध ¥यालीमा सहभागी भएका थिए ।
संघिय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीति विरुद्ध शान्तिपूर्ण विरोध ¥याली निकालिएको प्याब्सन गुलरिया नगरका अध्यक्ष राजिव कर्णले बताए । ‘संघिय संसदबाट पारित गर्न लागिएको शिक्षा सम्बन्धी विधेयकमा निजी शैक्षिक संस्थाहरुसंग केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरु रहेका छन्,त्यसको खारेजीको माग गर्दै प्याब्सन आन्दोलित भएको छ,’उनले भने,‘यसअघि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छौं,त्यसैगरि बिहीबार केन्द्रीय समितिले माइतीघर मण्डलामा ¥याली निकालि विरोध गरेको छ, प्याब्सन केन्द्रीय समितिको निर्णय अनुसार शुक्रबार गुलरियामा पनि शान्तिपूर्ण विरोध ¥याली निकालेका छौं ।’
पूर्ण छात्रवृत्ति भन्ने शब्द हाटइनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामग्रीहरु (पोशाक, शैक्षिक सामग्री, स्टेशनरी र खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई संचालनमा रहेका विद्यालयहरुलाई गैर नाफामुलक बनाउ“दै लगिने भन्ने प्रावधान हटाइनु पर्नेलगायतका ५ बुँदे प्याब्सनको माग रहेको जनाईएको छ ।