शुक्रबार, कार्तिक २९, २०८२
मा प्रकाशित
1654
Shares
अभिनव कुमार पाठक
बर्दिया, कात्तिक २८/ चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन् । गुलरिया नगरपालिका–५ सोहेलवाका ४२ वर्षीय गंगाराम थारु बिहीबार दिउँसो चितुवाको आक्रमणबाट घाईते भएका हुन् ।
गुलरिया नगरपालिका–१२ भैसाही स्थित जंगल नजिकै खेतबारीमा घाँस काँटिरहेको बेला एक्कासी पछाडिबाट चितुवाले थारुलाई आक्रमण गरेको थियो । थारुको घाँटी, खुट्टा र दायाँ आँखाको मुनि चोट लागेको प्रहरीले जनाएको छ ।
घाईते थारुको बर्दिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

