लागु औषधसहित एक पक्राउ
बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर २४(फरकसमाचार)/ लागु औषधसहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ सागुनघारी स्थितबाट बाँके खजुरा गाउँपालिका–७ उढराका २५ वर्षिय तौफिक खाँलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

भारत बाट नेपालतर्फ आउँदै गरेको अवस्थामा खाँलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ ग्राम ५ सय ८० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

खाँलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखर राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर