बुधबार, मङि्सर २५, २०८२
मा प्रकाशित
1961
Shares
बर्दिया,मंसिर २४(फरकसमाचार) /अबैध रुपमा लैजाँदै गरेको जडिबुटी (टिमुर) सहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । बाँसगढी नगरपालिका–१ चेपाङ बजार स्थित रत्न राजमार्ग हुँदै नेपालगंजतर्फ अबैध रुपमा टिमुर लैजाँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ का ४३ वर्षिय तेज बहादुर जागरी रहेका छन् । सुपप्र ०१–००१ क २१७४ नंम्बरको ट्रकमा १८ बोरा ४ सय ६२ किलोग्राम टिमुर लैजाँदै गरेको अवस्थामा जागरी लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बरामद टिमुर मुल्य रु ४ लाख ६२ हजार बराबरको छ । फेला परेको टिमुर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको बर्दिया प्रहरीले जनाएको छ ।

