बर्दियामा लागु औषधसहित दुई जना पक्राउ
सोमबार, पुष ०७, २०८२ मा प्रकाशित

बर्दिया,पौष ७(फरकसमाचार)/ लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–५ का ४१ वर्षीय दिनेश कुमार थारु र बाँसगढी नगरपालिका–३ सुन्दरबस्तीका २८ वर्षीय कृष्णा खत्री छन् ।

भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा थारुको साथबाट ४ सय ६० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको धुलो पदार्थ र खत्रीको साथबाट १० ग्राम ८० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय