बंगलादेशमा भएको घटनाको घोर भर्सना गर्दै गुलरियामा प्रर्दशन
सोमबार, पुष ०७, २०८२ मा प्रकाशित

बर्दिया,पौष ७(फरकसमाचार) / बंगलादेशमा एक हिन्दुको निर्ममता पुर्वक गरिएको हत्याको घोर भर्सना गर्दै गुलरियामा विरोध प्रर्दशन गरिएको छ । विश्व हिन्दु परिषद नेपाल बर्दियाको आयोजनामा आइतबार गुलरियामा विरोध प्रर्दशन गरिएको हो ।

गुलरिया नगरपालिका–७ बंगलामुखी मन्दिरबाट निकालिएको विरोध ¥याली जिल्ला प्रहरी कार्यालय अगाडि गणेशमान चोकमा पुगेर शोक शभामा परिणत भएको थियो ।

¥यालीका सहभागीले हिन्दुको हत्या बन्द गर, बंगलादेश सरकार मुर्दावादलगायतका नारा लगाएका थिए । उक्त घटनाको मृतक दासको शोक शभामा दीप प्रज्वलनसमेत गरिएको थियो ।

यस्ता घटनाले सामाजिक सद्भावमा असर पार्ने हुनाले नदोहो¥याउन सहभागीले चेतावनीसमेत दिएका छन् । बंगलादेशमा दीपु चन्द्र दासलाई कुटपीट गर्दै जलाएको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय