हात्तीको आक्रमणबाट महिलाको मृत्यु
शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित

बर्दिया,पौष १८(फरकसमाचार)/ हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षीया बालिका पुरीको हात्तीको आक्रमणबाट बुधबार मृत्यु भएको हो ।

नेपाल–भारत सिमावर्ती क्षेत्रमा ३ जना साथीहरुसंग बुधबार उनी भैंसी चराउन गएकी थिईन् । हात्तीलाई देखेर उनीसंगै भैंसी चराउन गएका अन्य साथीहरु भाग्न सफल भएका थिए ।

हात्तीले आक्रमण गरी उनको ज्यान लिएको थियो । प्रहरी र स्थानीयले खोजतलास गर्दा बिहीबार बिहान १० बजे राजापुर नगरपालिका–१० भगतपुर स्थित नेपाल–भारत सिमामा मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय