शुक्रबार, पुष १८, २०८२
मा प्रकाशित
1547
Shares
बर्दिया,पौष १८(फरकसमाचार)/ चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् । बारबर्दिया नगरपालिका दुई जनालाई चितुवाको आक्रमणमा परी बिहीबार बिहान घाईते भएका हुन् ।
घाईते हुनेमा बारबर्दिया नगरपालिका–६ का ५३ वर्षीय जलबिर थारु र २५ वर्षीय ईश्वर थारु रहेका छन् । जनजागृती सामुदायिक वनबाट निस्केको चितुवाले बारबर्दिया नगरपालिका–६ मनिकापुर स्थित नगर अस्पताल नजिकै बिहीबार बिहान बाटोमा हिडिरहेको अवस्थामा दुवै जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
ईश्वरको बायाँ खुट्टाको पाईतालामा र जलबिरको ढाडमा चोट लागेको छ र दुवै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको डिएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

