बर्दिया टेनिस संघलाई सामाग्री हस्तान्तरण
बुधबार, पुष २३, २०८२ मा प्रकाशित

बर्दिया,पौष २३ (फरकसमाचार) / टेनिस संघलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल टेनिस संघका पुर्व अध्यक्ष मनोज शम्शेर राणाले मंगलबार बिहान खेल सामाग्री हस्तान्तरण गरेका हुन् । प्राप्त खेल सामाग्रीले खेल्न सहज हुने गुलरिया नगरपालिका–५ सुहेलवाका खेलाडी सुमन थारुले खुसी व्यक्त गरे । दश वटा ¥याकेट, बललगायत सिंगल अभ्यास गर्ने सामाग्री प्राप्त भएको टेनिस संघ बर्दियाका उपाध्यक्ष तुलु मल्ल ठकुरीले जानकारी दिए ।

पछिल्लो समय टेनिस खेलप्रति खेलाडीको आकर्षण बढ्दो रहेको टेनिस संघका पुर्व केन्द्रिय अध्यक्ष मनोज शम्शेर राणाले बताए ।

हस्तान्तरण गरिएका सामाग्रीले खेलाडीहरु अभ्यास गर्न सहज हुने पुर्व अध्यक्ष राणाले धारणा व्यक्त गरे । टेनिस खेलप्रति खेलाडीहरुको आकर्षण बढाउन स्थानीय पालिकासंग समन्वय गरी अघि बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।

जिल्लामा खेलाडी उत्पादनको लागि विगत देखि खटिरहेको टेनिस संघ बर्दियाका संस्थापक संरक्षक बाल कृष्ण ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय