सत्तीघाट स्थित मत्स्य अभयारण्य क्षेत्र घोषणा
शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित

बर्दिया,पौष २४(फरकसमाचार) / संरक्षण क्षेत्र भन्दा बाहिर सत्तीघाट स्थित मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको छ । कर्णाली नदीको सत्तीघाट स्थित सखि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको हो ।

टिकापुर नगरपालिका र राजापुर नगरपालिकाले संयुक्त रुपमा सत्तीघाट स्थित बिहीबार एक कार्यक्रमको आयोजना गरी मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेका हुन् । माछा संरक्षणको लागि दुई पालिकाले आठ बुँदे सम्झौतासमेत गरेका छन् । उक्त क्षेत्रमा अब देखि माछा मार्नमा प्रतिबन्ध लगाईएको छ ।

राजापुर नगरपालिका–३ दक्षिण टेडिया घाट देखि वडा नंम्बर ४ छेदिया घाटसम्म र टिकापुर नगरपालिका–८ फाँटा देखि सोही वडाको अर्नहवा घाटसम्मको क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र तोकिएको छ । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु र टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरी मत्स्य अभायरण्य क्षेत्र घोषणा गरेका छन् ।

नेपालको जलचर ऐन २०१७ टिकापुर नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन २०७६ र राजापुर नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन २०८२ को दफा १८ लाई टेकेर ‘सखि मत्स्य अभयारण्य’ क्षेत्र घोषणा गरिएको जनाईएको छ ।
माछा संरक्षण गर्ने उदेश्यले टिकापुर र राजापुर नगरपालिका अघि बढेको राजापुरका नगर प्रमुख दिपेश थारुले बताए । ‘माछा संरक्षण गरेर यो ठाउँलाई चिनाउने योजना छ,’नगर प्रमुख थारुले भने,‘माछा संरक्षणमा सबैको साथ सहयोग रहने विश्वास छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय