‘एकजुट भएर मुलुकको रक्षा गर्ने बेला आएको छ’
सोमबार, पुष २८, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,पौष २८(फरकसमाचार)/ ३०४औं पृथ्वी जयन्ती एवंम् राष्ट्रिय एकता दिवसको अवसरमा गुलरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकजुट भएर मुलुकको रक्षा गर्ने बेला आएको पुर्वमन्त्री संजय कुमार गौतमले बताए । गुलरिया नगरपालिका–८ पृथ्वी पार्कमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गौतमले यस्तो बताएका हुन् ।

अहिले मुलुक अप्ठ्यारोमा रहेको पुर्वमन्त्री गौतमले बताए । ‘मुलुकको अस्त्विको कसरी रक्षा गर्ने, एकजुट हुनुपर्ने बेला आएको छ,’पुर्वमन्त्री गौतमले भने,‘साथीहरुको निरन्तर प्रयासले गुलरियामा यसरी पृथ्वी जयन्ती मनाउँदा खुसी लागेको छ, राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहको योगदानले हामी नेपाली भएका छौं, उहाँको योगदानलाई स्मरण गर्न जरुरी छ ।’

‘पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक विदा दिएको छ । यो दिवसलाई सरकारले राष्ट्रिय रुपमा मनाएर नयाँ जेनेरेशनलाई सन्देश दिनुपर्ने हो । तर, सरकारको उदासिनताले त्यो काम सुरु भईसकेको छैन । त्यसैले हामीले यसमा गम्भिर हुन जरुरी रहेको छ,’उनले भने ।

पहिला राजावादीहरुको मात्र पृथ्वी जयन्तीमा सक्रिय सहभागिता हुन्थ्यो । तर,पछिल्लो समयमा सम्पुर्ण राजनीतिक दलका व्यक्तिहरुको पृथ्वी जयन्तीमा सक्रिय सहभागित देखिन थालेको छ ।

पृथ्वी जयन्ती मुल समारोह समितिका अध्यक्ष कमल राज पौडेलको अध्यक्षतामा गुलरियामा ३०४औं पृथ्वी जयन्ती मनाईएको छ ।
पृथ्वी जयन्तीमा पुर्वमन्त्री संजय कुमार गौतम,गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, मुल समारोह समितिका अध्यक्ष कमलराज पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय