बर्दियामा ६० दशमलव ५ प्रतिशत मत खस्यो
शुक्रबार, फागुन २२, २०८२ मा प्रकाशित

बर्दिया,फागुन २२ / जिल्लामा ६० दशमलव ५ प्रतिशत मत खसेको छ । दुई वटा निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० दशमलव ५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । उनका अनुसार मतदान केन्द्रहरुमा उत्साहजनक मतदाताहरुको उपस्थिती रहेको र निर्वाचन अधिकृत कार्यालयमा राति अबेरसम्म मतपेटिका पुगेको थियो ।

जिल्लामा ३ सय ८९ मतदान केन्द्र थिए । दुई वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रमा ६० दशमलव ५ प्रतिशत मत खसेको एसपी सरोज पौडेलले बताए । जिल्लाका सबै मतदान केन्द्रमा प्रयाप्त सुरक्षाकर्मी खटाईएकोले कुनै पनि अप्रिय घटना नभएको पौडेलले जनकारी दिए । बर्दिया निर्वाचन क्षेत्र नंम्बर १ मा ७५ मतदान स्थल, २ अस्थायीसहित २ सय १ मतदान केन्द्र र निर्वाचन क्षेत्र नंम्बर २ मा ७९ मतदान स्थल र १ सय ८८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले तथ्यांक छ ।

निर्वाचन क्षेत्र नंम्बर १ मा १ लाख ६८ हजार ३४ र निर्वाचन क्षेत्र नंम्बर २ मा १ लाख ५५ हजार २ सय ३२ गरी जम्मा ३ लाख २३ हजार २ सय ६६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । ‘निर्वाचन आचारसंहिता उल्लंघन गरी प्रयोग गरिएका केही सवारी साधन नियन्त्रणमा लिएका छौं,’एसपी पौडेलले भने,‘दुवै क्षेत्रका मतपेटिका सुरक्षित रुपमा मतगणना स्थलमा पु¥याईएको छ ।’

निर्वाचन क्षेत्र नंम्बर १ को गुलरिया स्थित जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नंम्बर २ को राजापुर भन्सार कार्यालयमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए । बर्दियाको बारबर्दिया नगरपालिकाको मतपेटिका आएपछि सर्बदलिय बैठकपछि मतगणनाको प्रक्रिया अघि बढ्ने न्यायधिस तथा मूख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । क्षेत्र नंम्बर १ को शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने जनाईएको छ भने क्षेत्र नंम्बर २ को शुक्रबार बिहान ४ बजे देखि मतगणना भईरहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय