रामपुरका नगरप्रमुखको तलबभत्ता सामाजिक काममा
शनिबार, फागुन २४, २०७६ मा प्रकाशित

रामपुर, फागुन २४ : रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चने भएका छन । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गरेका छन । उनले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता नौ लाख ९०९ रुपैया सहयोग गर्ने बताए । ‘आफूले पाएको तलबभत्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलबभत्ताले सामाजिक विकास र अशक्तको लागि केही भए पनि राहत पुग्नेछ भनी सहयोग गरेको हुँ’, नगर प्रमुख थापाले भने ।

जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिंगो विकासमा लागेको उनले बताए । नगर प्रमुख थापाले अपांगता भएका व्यक्ति, असहाय गरिब परिवारमा पनि सहयोग गर्दै आउनुभएको छ । उनले सामाजिक संघ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गर्नुभएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दूधर्मअनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर