बर्दियाका कोरोना संक्रमित पुरुष भारतबाट आएका थिए
शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

गुलरिया, जेठ १० : बर्दियाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैयाताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

संक्रमितलाई उपचारका लागि कहाँँ पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका –११ घर भई काठमाडौंमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर