सिन्धुपाल्चोक बाढी : दुईको मृत्यु, १४ बेपत्ता, राजमार्ग अवरुद्ध
बिहिबार, असार २५, २०७७ मा प्रकाशित

सिन्धुपाल्चोक, असार २५ : सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने अझै १४ जना बेपत्ता छन् । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरूको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ । उनीहरुलाई हेलिकोप्टरमार्फत जिल्लातर्फ ल्याउने प्रयास भइरहेको लामाले बताए ।

घटनामा बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर