शुक्रबार, असार २६, २०७७
मा प्रकाशित
0
Shares
सिन्धुपाल्चोक, असार २६ : सिन्धुपाल्चोक बाह्रबिसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढी पहिरोले बेपत्ता भएकाको खोजि जारी राखिए पनि अझै फेला पर्न सकेका छैनन् ।
बेपत्ता भएका व्यक्तिको खोजिका लागि काभ्रे, रामेछाप, सिन्धुलीलगायत जिल्लामा पनि खबर गरिएको प्रहरीले जनाएको छ । बुधबार रातिको बाढी तथा पहिरोले बाह्रबिसेका विभिन्न वडाका ३६ घरमा क्षति पुगेको थियो ।