फरार प्रतिवादी पक्राउ
शनिबार, साउन ०३, २०७७ मा प्रकाशित

गाईघाट, साउन ३ : एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष दण्ड सजाय पाएका फरार एक प्रतिवादीलाई शुक्रवार जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार छ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन् ।

जिप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले छ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए ।

गोप्य सूचनाका आधारमा उनलाई शुक्रवार नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रवारै जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर