पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु
मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित

धादिङ, साउन ६ : धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । सोमबार राति त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङमा पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना खाँड र दुई वर्षीय छोरा रहेका धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाउने काम गरिरहको र राहतका लागि आफूसहितको टोली घटनास्थलतर्फ गइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।उनका अनुसार धादिङमा पर्ने पूर्वपश्चिम राजमार्गमा नौ स्थानमा पहिरो गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर