मौसम बदलीसँगै चिसो बढ्यो, हल्का बर्षाको सम्भावना
सोमबार, मङि्सर ०१, २०७७ मा प्रकाशित

१ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । सोमबार विहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस छ ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । अहिले उपत्यकासहित बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका एकाध तथा गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वषर्ाको सम्भावनाका रहेको विभागले जनाएको छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । साभार अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर