आजको मौसम : यी प्रदेशहरुमा हिमपातको सम्भावना
बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित

मंसिर १० काठमाडौं / हाल देशमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी प्रदेशमा साथै बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था  छ र अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको छ।

प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भू–भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेका छ।

बिहीबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदलिरहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि बाग्मती प्रदेश, प्रदेश नं २ र  प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भू–भागमा  आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। । बाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर