भन्सार छली ल्याउदै गरेका गोरु पक्राउ
मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित

मंसिर १६ गुलरिया,बर्दिया/भन्सार छली गरी ल्याउदै गरेका गोरुसहित मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले गुलरिया नगरपालिका–११ स्थितबाट पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका –११ बस्ने २१ वषिय कलामुदिन खान,१८ वर्षिय तजमन हुसेन र १९ वर्षिय चानबाबु खान पक्राउ परेका हुन् । तिनै जनाले ५ जिउ गोरु भारतबाट भन्सार छली ल्याईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका गोरुका मुल्य रु ५० हजार बराबरको छ । प्रहरीले पक्राउ गरेको मानिस र गोरु कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर