बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित

१७ मंसिर,बुटवल । बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्वार अगाडि राजमार्गमा बुधबार मध्यान्ह १२ बजेतिर भएको उक्त दुर्घनामा बुटवल-८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको हो ।

बुटवलको राजमार्ग चौराहबाट नेपालगन्जतर्फ जाँदै गरेको ना७ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा शर्माको घटनास्थलमै ज्यान गएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर