गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु
शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित

मंसिर १९ गुल्मी ।  गुल्मीको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती त्यस नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर