अपांगता परिचयपत्र बितरण कार्यलाई तिब्र पार्दै बारबर्दिया
आइतबार, पुष ०५, २०७७ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया पुस ५ / अपांगता भएका ब्यक्तिहरुका लागि बारबर्दियाले परिचय पत्र बितरण कार्यलाई तिब्र पारेको छ ।

अपांगता परिचय पत्र बितरण समन्वय समितिका संयोजक तथा बारबर्दिया नगरपालिकाका उप- प्रमुख अन्जु दहितको अध्यक्षतामा बसेको बैठकले आज २८ जनालाई अपांगता परिचयपत्र बितरण गरेको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कार्यालय बारबर्दियाका प्रमुख उषा पुनले दिएको जानकारी अनुसार २०७५ साल देखि २०७७ पुस महिना सम्म ५ सय ६३ जनालाई परिचयपत्र बितरण गरिएको छ ।

बर्गिकरणको आधारमा क बर्गमा १ सय २५, ख बर्गमा २ सय ९७, ग बर्गमा १ सय २० र घ बर्गमा २१ जनालाई परिचय पत्र बितरण गरिएको शाखाले जनाएको हो ।

समितिका संयोजक तथा उप -प्रमुख दहितले अपांगता परिचयपत्र बितरण कार्यलाई सहज र सरल रुपमा बितरण गर्दै आएको, अपांगता भएका ब्यक्तिहरुको सेवा सुबिधालाई ब्यबहारमा लागु गर्न प्रयत्नसिल भएको बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर