दुर्गा आचार्य
बर्दिया पुस, ६ / बर्दिया राष्ट्रिय निकुञ्ज भित्र चोरी शिकारीहरुसंग दोहोरो फायरिङ्ग भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको संयुक्त गस्तीसंग हतियारधारी सिकारीहरुसंग मुठभेड भई दोहोरो फायरिङ भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्ने गिठ्ठे खोलामा दोहोरो फायरीङ्गमा दुईजना शिकारीलाई निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउँपालिका वडा नं ३ नरसिंह काडा बस्ने बर्ष ३४ का चक्र बहादुर बिष्ट र सोहि ठाँउ बस्ने २४ बर्षका गणेश तिवारीलाई पक्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी गराएको छ ।
अन्य फरार शिकारीको खोजी भईरहेको निकुञ्जको भनाई छ । मुड भेड स्थलबाट सुरक्षा टोलीले भरुवा बन्दुक ३ नाल, गोली १७ थान, वारुद २०० ग्राम, वन्यजन्तुको सुकुटी ७० किलो, छुरा ६ थान तथा अन्य शिकारका लागि आवश्यक वन्दोवस्तीका समानहरु वरामद गरिएको वताईएको छ ।
यस अवैध चोरीशिकार मुद्दाको अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर हर्ष बहादुर सिहंलाई अनुसन्धान अधिकारी तोकी अनुसन्धान कार्य अघि बढाईएको निकुञ्ज प्रशासनले जनाएको छ ।