राम प्रसाद चौहान
बर्दिया पुस ६ / पशु क्वारेन्टाईन सम्बन्धि बठैक गुलरियामा सम्पन्न भएको छ । पशु क्वारेन्टाईन कार्यालय नेपालगंजको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा गुलरियामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पशु स्वारेन्टाईन सम्बन्धी छलफल गरिएको थियो ।
गुलरियमा रहेको पशु क्वारेन्टाईमा पशु प्राविधिक राखेर क्वारेन्टाईन संचालन गर्न निर्देशन दिदै अवैध रुपमा भारतबाट अयात हुने माछा, मासु रोक्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।
पशु क्वारेन्टाइन नेपालगंजका वरिष्ठ चिकित्सक डा. भक्त निउरेले भारतबाट आएका माछा, कुखुरा खसीबाख्रा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाईनमा राखेर स्वास्थ्य परीक्षण गरी स्वास्थ्य स्थिती ठिक छ ल्याउन दिने स्वास्थ्यमा कुनै खराबी देखिएमा तुरुन्तै डिसपोज गर्ने बताए । त्यसैगरी बाँके र बर्दिया सिमा किनारमा रहेको कुखुरा पालन नियमित अनुगमन गरेर आवश्यक सल्लाह सुझाव दिएको बताए । पशुजन्य एक जिल्लाबाट अर्को जिल्लामा लैजादा पशु स्वास्थ्य प्रमाण पत्र र बिल अनिवार्य रुपमा लिएर लैजान सकिने जनाए ।
जिल्ला भित्र एक ठाउँबाट अर्को ठाउँमा लैजादा बिल लिएर लैजान सकिने । आफुहरु सुरक्षा निकायसंग समन्वय गरेर अवैध रुपमा अयात गरिने माछा, कुखुरा वा अन्य पशुजन्यलाई रोक्ने बताए ।
कार्यक्रममा उपस्थित माछा, कुखुरा र बाख्रा पालन व्यवसायीले आफ्ना समस्या राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, शसस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुख, नागरिक समाज संजालका संयोजक बालकृष्ण ओली र भन्सार कार्यालयका चक्र बहादुर सोनीको सहभागिता रहेको थियो ।