बालबच्चासँग समय बिताउने कि ?
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

जो आमा-बुबा कामकाजी छन् र आफ्नो धेरै समय काममा नै व्यस्त हुन्छन्, त्यस्ता आमा-बुबाले आफ्ना बच्चासंग पर्याप्त समय बिताउन पाउँदैनन् भन्ने कुरा एकदम सही हो ।

बिहान ट्राफिकको सामना गर्दै अफिस पुग्नु पर्ने बाध्यता र साँझ थाकेर घर आउनु पर्ने । त्यस्तो व्यस्तताबीच पनि आफ्नो बच्चासंग धेरै समय बिताउने चाहना हरेक आमा-बुबाको हुन्छ । तर जब हामी थाकेर घर पुग्छौं, प्रायः बच्चाहरुको सुत्ने समय भैसक्छ ।

अभिभावकत्वका साथै आफ्नो अफिसको जिम्मेवारी निर्वाह गर्न अति नै कठिन हुन्छ । हरेक अभिभावकले यसलाई व्यवस्थापन गर्ने पूर्ण कोशिश गरेका हुन्छन् । हाम्रो जीवनमा उपलब्ध स्क्रिनको बढ्दो प्रयोगका कारणहरुले आफ्नो परिवारलाई समय दिनु झन् कठिन हुँदै गएको छ । फोन, ट्याबलेट, टेलिभिजन, कम्यूटर, ल्यापटप र विभिन्न प्रकारका स्क्रिन हाम्रो जीवनको महत्वपूर्ण अंग बनिसकेका छन् ।

अहिले त्यस्तो समय आएको छ, जहाँ बच्चाहरुसंग रमाउनु भन्दा उनीहरुको तस्वीर लिन हामी व्यस्त हुन्छौं । यस्तो कुराले बच्चाहरु खुशी हुँदैनन् । बच्चाहरु खुशी नभएपछि आमा-बुबा पनि खुशी हुन सक्दैनन् । यदि तपाईं आफ्ना बच्चालाई खुशी बनाउन चाहनु हुन्छ भने पहिला  आफ्नो स्क्रिन  टाइमलाई कम गर्नु पर्छ, जसका कारण तपाईं आफ्नो बच्चाहरुसंग क्वालिटी टाइम बिताउन सक्नुहोस् । त्यसैले आज हामीले तपाईंलाई व्यस्तताका बीचमा पनि कसरी आफ्ना बच्चाहरुसंग धेरै समय बिताउने भन्ने बारेमा केही जानकारी लिएर आएका छौ ।

बिहान ५ देखि ७ बजेसम्म

प्रायः परिवार विहान उठनासाथ पत्रिका पढ्न थाल्छन् । परिवारका साथ समय बिताउँछन् । यदि तपाईंको परिवारमा पनि यस्तो चलन छ भने यो अति नै राम्रो कुरा हो । बच्चालाई विहान उठाउनु, अंगालोमा बाँध्नु र बिहानै आफुसंग समय बिताउनु धेरै राम्रो कुरा हो । यस्तो हुँदा उनीहरु संग-संगै तपाईंको दिनको पनि राम्रो शुरुवात हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर