रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । यसे मेसोमा विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय यौन जीवन बिताइरहेको मानिसहरुको रोगप्रतिरोधी क्षमता राम्रो हुने गर्छ ।
ती अध्यनहरुले देखाए अनुसार हप्ताको एकाध पटक सक्रिय यौन जीवन बिताउने मानिसहरुको रोगप्रतिरोधी क्षमतामा राम्ररी अभिबृद्धि हुने गर्छ । कतिसम्म भने, त्यस किसिमको यौन सक्रियताले पुरुषको मुटु स्वस्थ रहने र तिनमा हृदयघात हुने सम्भावना ५० प्रतिशत नै घटेर जान्छ ।
अध्ययनले देखाएअनुसार आधा घण्टाको सक्रिय यौनक्रियाले एउटा व्यक्तिमा २०० क्यालोरीसम्म उर्जा खर्च हुने गर्छ । जसको फलस्वरुप, उनीहरुमा हृदयघात हुने सम्भावना कम भएर जान्छ । वास्तवमा, यौन क्रियाकलापको दौरानमा शरीरमा इन्ड्रोफिन हर्मोन निस्काशित हुन्छ । यो हर्मोनले मानिसलाई शान्त रहन र राम्ररी सुत्न समेत मद्दत गर्छ । फलतः हाम्रो शरीर स्वतः स्वस्थ रहन पाउँछ ।
नियमित यौनक्रियाकलापले महिलाको गर्भाशय स्वस्थ रहन तथा महिनावारीको बेला हुने पीडा, बाथ तथा अन्य सामान्य दुखाइहरुलाई समेत कम गर्न मद्दत पुग्ने अध्ययनहरुले देखाएको छ ।
महिनावारीको बेला याैन सम्पर्क गर्दा के हुन्छ ?
काठमाडौं । धेरै महिला पुरुषहरुमा महिनावारी भएको बेला (सेक्स)यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।
उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ ।
उनीहरुले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।
महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् ।
यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।
महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ ।
महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ । तसर्थ महिनावारी हुदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी नहुने चिकित्सकको राय रहेको छ ।