गोहीले बेपत्ता बनाएको युवक अझै फेला परेनन्
बिहिबार, साउन २३, २०८२ मा प्रकाशित

बर्दिया,साउन २२(फरकसमाचार)/ गोहीले आक्रमण गरी बेपत्ता बनाएको युवक बुधबार साँझसम्म फेला परेका छैनन् । मधुवन नगरपालिका–१ का १९ वर्षीय रुप मिलन थारुलाई मंगलबार साँझ गोहीले आक्रमणमा गरी बेपत्ता बनाएको थियो ।

ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक रहेको कर्णाली नदीको भंगालो खौराहा खोलामा पौडी खेल्न गएका युवकलाई गोहीले आक्रमण गरि बेपत्ता बनाएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख विश्व बाबु श्रेष्ठले बताए ।

‘साथीहरुसंग नदीमा पौडी खेल्न गएको बेला गोहीले युवकलाई आक्रमण गरेको हो,’उनले भने,‘खोला पारीबाट पौडी खेल्दै वारी आउने क्रममा गोहीले आक्रमण गरि युवकलाई बेपत्ता बनाएको छ ।’

‘दुई हात्ती, मोटर बोट प्रयोग गरि निकुञ्ज कर्मचारी, नेपाली सेना र स्थानीयको सक्रियतामा बेपत्ता युवकको मंगलबार राति १२ बजेसम्म खोजी गर्यो, खोलामा पानीको बहाव बढी भएकोले खोज्न समस्या भईरहेको छ, बुधबार बिहान देखि साँझसम्म खोजी गर्दासमेत नभेटिएको,’निमित्त प्रमुख श्रेष्ठले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय